birat ribon

विश्वमा कोरोना : २ लाख ८७ हजारको मृत्यु, ४२ लाख ५३ हजार संक्रमित

Neuro
विश्वमा कोरोना : २ लाख ८७ हजारको मृत्यु, ४२ लाख ५३ हजार संक्रमित

काठमाडौं, ३० बैशाख । विश्वमा कोरोना संक्रमणका कारण २ लाख ६७ हजार बढीको मृत्यू भएको छ ।

cura insider

संक्रमितको संख्या ४२ लाख ५३ हजार ८ सय २ पुगेको छ ।

वल्डोमिटर्स्को तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ ।

त्यहाँ १३ लाख ४६ हजार ७ सय २३ जना संक्रमित भएका छन् ।

त्यस्तै, स्पेनमा २ लाख २७ हजार ४ सय ३६, २ लाख २४ हजार ३ सय ३२, रुसमा २ लाख २१ हजार ३ सय ४४, इटालीमा २ लाख १९ हजार ८ सय १४, फ्रान्समा १ लाख ७७ हजार ५ सय ४७, जर्मनीमा १ लाख ७२ हजार ५ सय ७६ जना संक्रमित भएका छन् ।

विश्वभर २ लाख ८५ हजार ६ सय ९० को संक्रमणपछि मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ ।

त्यहाँ ८० हजार ३ सय ५२ को मृत्यु भइसकेको छ ।

त्यस्तै, बेलायतमा ३२ हजार १ सय ४१, इटाली ३० हजार ७ सय ३९, स्पेनमा २६ हजार ७ सय ४४, ब्राजिलमा ११ हजार ५ सय १९, बेल्जियममा ८ हजार ७ सय ७ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर १४ लाख ५५ हजार ५ सय ४८ जना संक्रमित संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ ।

त्यहाँ २ लाख ३२ हजार ७ सय ३३, जर्मनीमा १ लाख ४५ हजार ६ सय १५, स्पेनमा १ लाख ३७ हजार १ सय ३९, इटालीमा १ लाख ६ हजार ५ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा पनि १ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये ३३ जना संक्रमणमुक्त भइसकेका छन् ।

jackson ribon