Rumpum

Rumpum Advertisement

नेपालमा कोरोना : १३४ पुग्यो संक्रमितको संख्या, कुन जिल्लामा कति संक्रमित ?

नेपालमा कोरोना : १३४ पुग्यो संक्रमितको संख्या, कुन जिल्लामा कति संक्रमित ?

काठमाडौं, २९ बैशाख । सोमबार एकै दिन २४ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार साँझ थप १३ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १३४ पुगेको हो । साेमबार साँझ थप भएका संक्रमित मध्ये कपिलवस्तुका ६ जना, रुपन्देहीका ६ र बर्दियाका १ जना छन् ।

सोमबार बिहानमात्रै कपिलवस्तुमा १० जनामा संक्रमण पुष्टि भएको थियो । साेमबार दिउँसाे सप्तरीका एक युवकमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका–७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुष छन् ।

रुपन्देहीको समरीमाई गाउँपालिका– ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका– ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुष छन ।

बर्दियाको राजापुरका ११ वर्षीया बालिका संक्रमित छन ।

कुन जिल्लामा कति ?

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा २१, रुपन्देहीमा ७, काठमाडौंमा ५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै कैलालीमा ४, रौतहटमा ३, बागलुङमा २, बारामा २, चितवन २ र झापामा २ जनामा कोरोना पुष्टि भएको छ ।

भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् ।