birat ribon

कोरोनाको करण मृत्यु हुनेको संख्या २ लाख ८५ हजार नजिक

Neuro
कोरोनाको करण मृत्यु हुनेको संख्या २ लाख ८५ हजार नजिक

विराटनगर (एजेन्सी), २९ बैशाख । कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या २ लाख ८५ हजार नजिक पुगेको छ ।

cura insider

सोमबार बेलुकासम्म २ लाख ८४ हजार ८ सय २३ जनाको कोरोना संक्रमणले मृत्यु भएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या भने ४२ लाख २१ हजार ८२ पुगेको छ ।

सबैभन्दा बढी अमेरिकामा ८० हजार ८ सय ७० जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यसपछि बेलायतमा ३२ हजार ६५ जनाको मृत्यु भएको छ ।

रसियामा आज एकै दिन थप ११ हजार ६ सय ५६ जना संक्रमित फेला परेका छन् ।

रसियामा हालसम्म २ हजार ९ जनाको मृत्यु हुँदा गएको २४ घण्टामा २ सय १० जनाको मृत्यु भएको छ ।

jackson ribon