birat ribon

भारतलाई नेपालको ‘कूटनीतिक नोट’

Neuro
भारतलाई नेपालको ‘कूटनीतिक नोट’

काठमाडौं, २९ बैशाख । नेपाली सीमा क्षेत्रमा भारतले सडक बनाएको विषयमा नेपालले भारतलाई कुटनीतिक नोट पठाएको छ ।

cura insider

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि भारतका राजदूत विनयमोहन कोत्रालाई सीमासम्बन्धी नेपालको अडानबारे जानकारी दिँदै ‘कूटनीतिक (डिप्लोम्याटिक) नोट’ हस्तान्तरण गरे ।

मन्त्री ज्ञवालीले राजदूत कोत्रालाई आज परराष्ट्र मन्त्रालयमा बोलाएर कूटनीतिक नोट हस्तान्तरण गरेका हुन् ।

नेपाली भूमि लिपुलेकमा भारतले चीनसँग जोड्ने सम्पर्क सडक निर्माण गरी उद्घाटन पनि गरिसकेको छ ।

सो विषय सार्वजनिक भएपछि त्यसबारे भारतको औपचारिक धारणा बुझ्न र नेपालको पुरानै अडानबारे अवगत गराउन सरकारले राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर सो कूटनीतिक नोट दिएको हो ।

jackson ribon