birat ribon

भ्यू टावर हैन कर्णलीमा विद्युत पुर्याउन सांसदको माग

Neuro
भ्यू टावर हैन कर्णलीमा विद्युत पुर्याउन सांसदको माग

काठमाडौं, २९ बैशाख । जुम्लाका सांसद गजेन्द्र महतले भ्यू टावर बनाउने बजेट कर्णालीमा विद्युत् पुर्याउने काममा लगाउन सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७÷७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सहभागी हुदै सांसद महतले आवश्यकताका आधारमा बजेट विनियोजन गर्न माग गरे ।

cura insider

“ अबका बजेटहरु भ्यू टावरमा जान भएन । त्यो मूर्ति बनाउने ठाउँमा जानु भएन । अहिले पनि जुम्ला विद्युतको पहुँचबाट टाढा छ । त्यो त अकाशको फल जस्तो भइसक्यो । सामान्य बाटो र बत्ति पुग्नलाई गाह्रो अरु के प्राथमिकतामा राख्ने ?” भन्दै उनले प्रश्न गरे ।

बजेटको असमान वितरण प्रति पनि आपत्ती जनाउँदै उनले जुम्लामा सडक र विजुली पुर्याउने विषयले हरेक बर्ष प्राथमिकता पाएपनि अहिले सम्म बाटो र बिजुली पुर्याउन नसकेको बताए ।

jackson ribon