birat ribon

भारत र चीन दुवै राष्ट्रसँग संवाद गर्न कांग्रेसको माग

Neuro
भारत र चीन दुवै राष्ट्रसँग संवाद गर्न कांग्रेसको माग

काठमाडौं, २९ बैशाख । नेपाली कांग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका नेपालको भूमि मिचिएको विषय समाधान गर्न उच्च स्तरीय कूटनैतिक पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

cura insider

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्तिमार्फत सन् १८१६ को सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना महाकाली नदी किटान गरेको ऐतिहासिक तथ्य नै विद्यमान प्रकरण समाधानको मूल आधार भएको जनाएका छन् ।

महाकाली नदी पूर्वको भू–भाग कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनुपर्ने भन्ने पार्टीको धारणा उनको छ ।

तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाको समयमा सन् २०१५ मा नै भारत र चीनले सहमति गरी सडक बनाउन लाग्दा समेत सरकारले प्रोटेष्ट नोट पठाएको उल्लेख गर्दै उनले अहिलेपनि सरकार गम्भीर हुन आवश्यक रहेको बताए ।

दुवै छिमेकी मित्र राष्ट्रसँग ‘प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान’ नेपालको रणनीति हुनुपर्ने विज्ञप्तीमा उल्लेख गरेका छन् ।

jackson ribon