birat ribon

युद्धपोत ठोक्किदा १९ इरानी सेनाको मृत्यु

Neuro
युद्धपोत ठोक्किदा १९ इरानी सेनाको मृत्यु

दुबई, २९ वैशाख । तालिमका क्रममा एउटा इरानी युद्धपोतबाट प्रहार गरिएको क्षेप्यास्त्र भूलबस अर्को युद्धपोतमा ठोक्किएर दुर्घटना हुँदा १९ इरानी सेनाको मृत्यु भएको छ ।

cura insider

गल्फ अफ ओमान अर्थात् ओमानी जलक्षेत्रमा भएको यस दुर्घटनामा १५ जना घाइते भएको इरानी संचार माध्यमहरुले जनाएका छन् ।

खाडी क्षेत्रका मुलुकबाट तेल निर्यातका लागि निकै संवेदनशील सामुद्रिक मार्गका रुपमा रहेको ओमानी जलक्षेत्र हुँदै जहाजहरु स्ट्रेट अफ हर्मुजतर्फ ओहोरदोहोर गर्दछन् ।

फार्स समाचार एजेन्सीले एक सैनिक स्रोतलाई उद्धृत गर्दै इरानी संचार माध्यममा प्रसारण भएझैं कोनाराक नामको लडाकू युद्धपोत समुद्रमा नडुबेको जनाएको छ । इरानी जलसेनाले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

आइरिबले नेदरल्यान्डमा निर्मित कोनाराक युद्धपोत सन् १९७९ को इस्लामिक क्रान्तिअघि इरानले खरिद गरेको थियो । यो जहाजलाई सन् २०१८ मा मर्मत गरी यसमा चारवटा क्रुज क्षेप्यास्त्र जडान गरिएको छ ।

यो दुर्घटना इरान र संयुक्तराज्य अमेरिकाबीच जारी तनाबकै बीचमा भएको छ ।

सन् २०१८ देखि नै दुबै मुलुकबीच तनाबकै स्थिति रहे पनि गत जनवरीको सुरुमा वरिष्ट इरानी सैनिक जनरल कासिम सुलेमानीको अमेरिकी कारबाहीमा इराकमा मारिए पछि तनाब अझ बढेको छ ।

jackson ribon