birat ribon

नाका थपेर काँडेतार लगाउन मुख्यमन्त्री पोखरेलको माग

Neuro
नाका थपेर काँडेतार लगाउन मुख्यमन्त्री पोखरेलको माग

विराटनगर, २९ बैशाख । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले भन्सार र नाका थप गरेर सीमामा काँडेतार लगाउन माग गरेका छन् ।

शोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै मुख्यमन्त्री पोखरेलले यस्तो माग गरेका हुन् ।

cura insider

उनले पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपालले पनि सिमानामा काँडेतार लगाउन प्रस्ताव गरेको भन्दै खुसी व्यक्त गरे ।

कोरोना भाइरस (कोभिड १९) को महामारीका विरुद्धको लकडाउन र सिमा नाका बन्द गर्ने सरकारको निर्णय कार्यान्वन गर्न समेत खुला सीमाले गर्दा समस्या भएको उनको भनाइ छ ।

भारतले नेपाली भूमि मिचेर सडक बनाउने बाँध बनाउने गर्न थालेपछि देशभर विरोध हुँदै गर्दा मुख्यमन्त्री पोखरेललेको यस्तो प्रतिकृया आएको हो ।

नेपालमा कोरोना संक्रमित बढ्नमा भारतबाट लुकिछिपी आएकाहरु कारण रहेको भन्दै अहिलेको समस्या समाधान गर्न सीमामा काँडेतार लगाउनु पर्ने उनको भनाइ छ ।

नेपाल भारत बीचको सिमा समस्याको समाधानका सन्दर्भमा हुने वार्तामा यसलाई पनि महत्वपूर्ण एजेण्डा बनाउनु पर्ने उनले उल्लेख गरेका छन् ।

jackson ribon