एकै दिन ११ हजार संक्रमित थपिएपछि रुस अति प्रभावित देशको तेस्रो स्थानमा

एजेन्सी, २९ बैशाख । रूसमा कोरोना संक्रमतिको दर बढेको छ । संक्रमित दर बढेसँगै रूस अति प्रभावित देशहरूको सूचीको तेस्रो स्थानमा पुगेको छ ।

अति प्रभावित देशको सूचीको पहिलो स्थानमा अमेरिका छ । अमेरिका पछि स्पेन दोस्रो र रुस तेस्रो स्थानमा छ ।

पछिल्लो २४ घण्टामा रुसमा ११ हजार बढि संक्रमित थपिएका छन । संक्रमण देखा परेसंगै रुसले कोरोना प्रभावितको सुचीमा अग्र स्थानमा रहेका इटाली र बेलायतलाई उछिन्दै तेस्रो स्थानमा पुगेको हो ।

वर्ल्डोमिटरका तथ्यांक अनुसार रुसमा पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ६ संक्रमित थपिएका छन । केही दिनयता रुसमा लगातार १० हजार बढी संक्रमित भेटिएका छन ।

संक्रमित थपिएसँगै रुसमा संक्रमितको संख्या २ लाख २१ हजार ३ सय ४४ पुगेको छ । संक्रमितमध्ये पछिल्लो २४ घण्टामा ९४ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ९ पुगेको छ । ३९ हजार ८ सय १ जना निको भएर घर फर्किसकेका छन् ।

अमेरिकामा १३ लाख ६७ हजार ९ सय ६३ जना संक्रमित भेटिएका छन । ती मध्ये ८० हजार ७ सय ८७ जनाको मृत्यु भएको छ भने २ लाख ५६ हजार ३३६ उपचार पछि निको भएका छन ।

स्पेनमा संक्रमितको संख्या २ लाख ६८ हजार माथि छ । जसमा २६ हजा ७ सय ४४ जनाले ज्यान गुमाएका छन । १ लाख ७७ हजार ८ सय ४६ जना निको भएका छन ।

Loading...