birat ribon

भारतीय राजदूतलाई कूटनीतिक नोट

Neuro
भारतीय राजदूतलाई कूटनीतिक नोट

काठमाडौं, २९ वैशाख । सरकारले भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ ।

cura insider

काठमाडौंस्थित भारतीय राजदूत क्वात्रालाई परराष्ट्र मन्त्रालयमा बोलाई लिपुलेकमा बाटो बनाएको विषयमा जानकारी लिएको हो ।

राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाको विषयमा जानकारी लिएका हुन् ।

यसैगरी लिपुलेकमा विनासूचना भारतले सडक निर्माणलगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई ज्ञवालीले कूटनीतिक नोटसमेत दिएका छन् ।

jackson ribon