दिनदिनै संक्रमित बढ्दै जान थालेपछि कपिलवस्तु ५ जेठसम्म सिल

बुटवल, २९ वैशाख । दिनदिनै कोरोना सङ्क्रमितहरू बढ्दै जान थालेपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ ।

जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

उनका अनुसार आज सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई सिल गर्ने निर्णय भएको हो ।

जोखिम बढेपछि सिल गर्ने निर्णय भएको उनले बताए ।

जिल्ला प्रशासन कार्यलयका तर्फबाट प्रजिअ पौडेलले जारी गरेको सूचनाअनुसार यो निर्णय आझ सोमबार साँझ ५ बजेदेखि ५ जेठ राति १२ बजेसम्म लागू हुनेछ ।

कपिलवस्तुमा सोमबार थप दश जना सङ्क्रमित भेटिएका थिए ।

योसँगै अहिलेसम्म कपिलवस्तुमा सङ्क्रमतिको संख्या १५ पुगेको छ ।

सङ्क्रमित सबैलाई थप उपचारका लागि बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याईएको छ ।

आज सङ्क्रमित भेटिएकाहरू १२ दिनअघि भारतको महाराष्ट्रका विभिन्न स्थानबाट नेपाल भित्रिएका थिए । भित्रिएलगत्तै उनीहरू क्वारेन्टाईनमा थिए ।

Loading...