birat ribon

बिहान गरिने यी ४ गल्तिले तौल बढिरहेको हुन्छ

Neuro
बिहान गरिने यी ४ गल्तिले तौल बढिरहेको हुन्छ

विराटनगर, २९ वैशाख । शरीरको तौल बढ्नु आजकलको मानिसहरूको लागि एक सामान्य समस्या बनिसकेको छ ।

जीवनशैली र गलत खानपानको बानीको कारण शरीरको तौल छिट्टै बढ्ने गर्छ । तर, व्यायाम र उचित आहारले तौललाई नियन्त्रण गर्न सकिन्छ ।

cura insider

धेरै व्यक्तिहरूको लागि तौल घटाउनु आफैमा गाह्रो काम हो ।

तौल बढ्नुको पछाडि प्राय: धेरै कारणहरू हुन्छन् ।

कहिलेकाँही औषधिको सेवन वा शरीरमा रोगहरू लागेको कारण पनि शरीरको तौल बढ्न सक्छ ।

कहिलेकाँही शारीरिक गतिविधि कम भएको कारण पनि मान्छ मोटो हुन्छ । तर, केही बिहानको खराब बानीले गर्दा पनि तौल बढिरहेको पनि हुन सक्छ ।

धेरै सुत्नु : धेरै निद्राले तौल घट्नुको सट्टा तौल बढाउने काम गर्छ । वास्तवमा रातमा नौ घण्टाभन्दा बढी सुत्नुलाई अधिक सुताई मानिन्छ । यद्यपि, सात घण्टाभन्दा कम निन्द्राले पनि स्वास्थ्यमा खराब प्रभाव पार्छ । अधिक निन्द्राको कारण शरीरको तौल छिटो बढ्छ । साथै, दिनमा सुत्दा पनि तौललाई असर गर्छ ।

नास्ता नगर्नु : जति नै हतार भएपनि बिहानको खाजा कहिले पनि छोड्नु हुँदैन ।

ब्रेकफास्ट नगर्दा मेटाबोलिजमलाई असर गर्दछ र शरीरभित्र गडबडी सुरु हुन्छ ।

यसको कारण मानिसमा अधिक तौल बढ्ने सम्भावना हुन्छ ।

साथै, ब्रेकफास्ट नगरेको कारण शरीर दिनभर सुस्त रहन्छ र अधिक जंक फूड खाने ईच्छा जागेर आउँछ । यसले पनि तौल बढाउँछ ।

प्रशस्त पानी नपिउँदा : एक गिलास पानीको साथ दिनको सुरुआत स्वास्थ्यको लागि लाभदायक हुन्छ ।

पानीले शरीरमा सन्तुलन कायम राख्न मद्दत गर्दछ, जसकारण मानिसलाई भोक लागेको जस्तो महशूस हुँदैन ।

साथै, पर्याप्त पानी पिउँदा क्यालोरी बर्न हुन्छ र पाचन क्षमता बढ्छ । यसले शरीरबाट हानिकारक पदार्थहरूलाई बाहिर निकाल्न पनि मद्दत गर्छ । बिहान पानी नपिउँदा तौल बढ्न सक्छ ।

व्यायाम र ध्यान नगर्दा : तौल घटाउनका लागि व्यायाम गर्न धेरै महत्त्वपूर्ण हुन्छ ।

दैनिक बिहान केही मिनेट शरीरलाई तन्काउँदा तौल घटाउन सहयोग पुर्‍याउँछ ।

बिहान सबेरै ध्यान गर्नाले शरीरमा जम्मा गरिएको बोसो कम गर्छ ।

ध्यानले तनाव हार्मोनको स्तर कम गर्छ । तनाव हर्मोन उच्च भएमा भोक धेरै लाग्छ जसकारण तौल बढ्न सक्छ ।

ध्यान दिमागलाई शान्त राख्न मात्र होइन तौल घटाउन पनि काम लाग्छ ।

jackson ribon