birat ribon

मजबुत अर्थतन्त्र र कोरोना सन्त्रासबाट टाढा हुन फुटबल चाहिन्छ : रामोस

Neuro
मजबुत अर्थतन्त्र र कोरोना सन्त्रासबाट टाढा हुन फुटबल चाहिन्छ : रामोस

एजेन्सी, २९ वैशाख । रियल मड्रिडका कप्तान सर्जियो रामोसले स्पेनमा स्थगित भएको फुटबल प्रतियोगिता पुनः सुचारु हुन एकदमै आवश्यक रहेको बताएका छन् ।

स्पेनिस पत्रिका मार्कासँगको कुराकानीमा स्पेनको अर्थतन्त्र मजबुत बनाउन र देशका मानिसहरूलाई भावनात्मक रूपमा बलियो बनाउन फुटबल एकदमै आवश्यक रहने रामोसले बताए ।

cura insider

आफू खेल्न एकदमै आतुर रहेको र कोभिड–१९ महामारीपछि सुरु हुन लागेको ला लिगामा प्रतिस्पर्धा गर्न एकदमै उत्सुक रहेको पनि रामोसले मार्कासँग खुलाए ।

‘महामारीबाट माथि उठ्न समय पक्कै लाग्छ,’ रामोस भन्छन्, ‘तर यो बेला स्पेनको अर्थतन्त्रलाई सहयोग गर्न र तनावमा रहेका मानिसहरूलाई आनन्दित तुल्याउन फुटबलले महत्त्वपूर्ण भुमिका खेल्नेछ ।’

महामारीका कारण धेरैले आफ्नो नजिकको मान्छे गुमाउनु परे भएपनि सबै मिलेर अघि बढे यो महामारीबाट निस्किन सफल हुन सक्छौं भन्ने सन्देश आफूले दिन चाहेको रामोस बताउँछन् ।

jackson ribon