विराटनगरमा नेविसंघको नारा : लिपुलेक मिचियो, ओलीको राष्ट्रवाद देखियो !

विराटनगर, २९ वैशाख । भारतले नेपाली भूमि लिपुलेक मिचेर सडक निर्माण गरेको विरोधमा नेपाल विद्यार्थी संघका पूर्वनेताहरूले विराटनगरमा प्रदर्शन गरेका छन् ।

सोमबार विराटनगरको गुद्री बी प्लटमा भेला भएका नेपाली कांग्रेस निकट विद्यार्थी संगठनका पूर्वनेताहरूले सरकारले नेपालको भूमि जोगाउन नसकेको भन्दै प्रदर्शन गरेका हुन् ।

लिपुलेक मिचिदा सरकार दह्रो रुपमा प्रस्तुत नहुँदा प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नांगिएको बताए ।

विद्यार्थी संघका पूर्वनेता तथा नेपाली कांग्रेस १ नम्बर प्रदेशसभा सचेतक सांसद सूयर्माराज राईले भारतको ठाडो हस्तक्षेप गरेको बताउँदै नेपाली भूमि फिर्ता गराउन सबै एकजुट हुनुपर्ने बताए । सरकारले कुटिनीतीको नोट मात्र पठाएर सरकारले लाचारी पन देखाएको उनले बताए ।

लिपुलेक, लिप्याधुरा, कालापानी नेपालको भएको ऐतिहासिक प्रमाणहरू भएपनि भारतले जवरजस्ती अतिक्रमण गरेको बताउँदै उनले आफूलाई राष्ट्रवादी बताउने प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नाङगिएको बताए ।

नेपाली कांग्रेस विराटनगरका निमित्त सभापति अरुण न्यौपाने, पर्मिला थापालगायतले भारतसँग सरकारले पहल गरी नेपाली भूमि फिर्ता ल्याउनु पर्ने बताए ।

सरकारको कदमप्रति असन्तुष्ट बनेका नेविसंघका नेता कार्यकर्ताहरूले ओलीको राष्ट्रवाद देखियो, लिपुलेक मिचियो, नेपाली भूमि फिर्ता गर भन्दै नाराबाजी गरेका थिए ।

Loading...