birat ribon

वीर्यमा पनि भेटियो कोरोना भाइरस, शारीरिक सम्बन्धबाट सर्ने सम्भावना देखियो

Neuro
वीर्यमा पनि भेटियो कोरोना भाइरस, शारीरिक सम्बन्धबाट सर्ने सम्भावना देखियो

एजेन्सी, २९ वैशाख । चिनियाँ अनुसन्धानकर्ताहरूले कोरोना संक्रमित भएर निको हुन लागेका पुरुषको वीर्यमा भाइरस रहिरहन सक्ने र शारीरिक सम्पर्कबाट भाइरस सर्ने सम्भावना रहने तथ्य फेला पारेको दावी गरेका छन् ।

सीएनएनका अनुसार जनवरी र फेब्रअरीमा साङक्यु म्युनिसिपल अस्पतालमा उपचार गराइ रहेका ३८ जना पूरुषहरूमा गरिएको अध्ययनले १६ प्रतिशतको वीर्यमा कोरोनाको जीवाणु देखिएको थियो ।

cura insider

तीमध्ये एक चौथाई गम्भीर अवस्था र झन्डै ९ प्रतिशत निको हुने अवस्थामा रहेका थिए ।

बेइजिङस्थित चिनियाँ जनमुक्ती सेना जनरल अस्पतालका डियानजेङ लिले बिरामीको वीर्यमा सार्स कोभ २ भेटिएको र निको हुँदै गरेका बिरामीको वीर्यमा पनि भाइरस देखिन सक्ने बताएका छन् ।

यो कुनै अचम्मको कुरा भने होइन । धेरै भाइरसहरू पुरुष प्रजनन प्रणालीमा बस्न सक्छन् ।

इबोला र जीका भाइरस दुवै वीर्यमा पाइएको थियो ।

साथै, कहिलेकाहिँ बिरामी निको भएको केही महिनापछिसम्म पनि उनीहरूको वीर्यमा भाइरस देखापरेको थियो ।

अध्ययनले यौन सम्पर्कमार्फत पनि कोरोना सर्नसक्ने सम्भावना देखाएको छ । संयम वा कन्डम प्रयोग यी बिरामीहरूको लागि रोकथाम माध्यमको रूपमा मान्न सकिन्छ ।

यद्यपि, यसबारेमा थप अनुसन्धान भइरहेकाले वीर्यबाट कोरोना फैलने विषय भने अझै पूर्ण रूपमा पुष्टि हुन बाँकी छ ।

मानिसहरूले बिरामीको र्‍याल र रगतको सम्पर्कबाट बच्न पर्याप्त नहुन सक्छ, किनभने निको हुने बिरामीको वीर्यमा सार्स कोभ २ बाँच्न सक्ने हुँदा यसले अरूलाई संक्रमित गर्ने सम्भावना देखिन्छ ।

jackson ribon