किचनमा पाइने यी चिजहरूबाट फेस प्याक नबनाउनुस्, अनुहार बिग्रन्छ

विराटनगर, २९ वैशाख । लकडाउनको समयमा धेरैजसो महिलाहरू इन्टरनेटमा भएका सबै ब्यूटी भिडियोहरू हेरिरहेका छन् ।

त्यस्ता भिडियोहरूमा धेरै प्रकारको फेस प्याकहरू देखाइएको छ, जसले छालाको चमक बढाएर अनुहारलाई सुन्दर बनाउँछ ।

तर, यस्ता फेसप्याकमा प्रयोग गरिने विभिन्न सामग्रीहरूले अनुहारमा कस्तो प्रतिक्रिया दिन्छ भन्ने कुरा थाहा हुँदैन ।

भान्सामा भएको सामानबाट फेसप्याक बनाउनअघि भान्सामा राखिएको विभिन्न समानहरूको ज्ञान हुन आवश्यक छ ।

अन्यथा यस्ता सामाग्रीले अनुहारमा हानी पुर्‍याएर कुरुपसमेत बनाउन सक्छ । भान्सामा हुने यी चिजहरूको प्रयोग गर्नु अगाडि सोच्नुहोस् :

टुथपेस्ट र बेकिङ सोडा  : धेरै केटीहरूले पिम्पल्समा टुथपेस्ट वा बेकिङ सोडाको प्रयोग गर्ने गर्छन् ।

यो पिम्पल हटाउने धेरै लोकप्रिय ह्याकमध्ये एक हो ।

तर, अनुहारमा टुथपेस्ट वा बेकिङ सोडाको प्रयोग गर्नु हुँदैन ।

दुवै टुथपेस्ट र बेकिङ सोडाले छालालाई निक्कै ड्राइ बनाउने काम गर्छ र यसको प्रयोगले छाला पोल्ने, चिलाउने तथा अनुहार सुन्निने हुन सक्छ ।

एप्पल साइडर भिनेगर :  यो एक एसिडिक चिज हो । यसलाई पानीमा नमिसाइ छालामा सीधा लगाउनु हुँदैन ।

यसको प्रयोगले छालामा रातो दागहरू हुने वा छालाको एक लेयर नै निस्किन सक्छ ।

यसलाई अनुहारमा प्रयोग गर्नुअघि सुरुमा हातमा परीक्षण गर्नुपर्छ ।

यसलाई अनुहारमामा लगाएर घामको प्रकाशमा पर्नु हुँदैन किनभने यसले सनबर्न, रासायनिक बर्न वा पिग्मेन्टेशन निम्त्याउन सक्छ ।

विभिन्न मसला : हल्दीबाहेक, छालामा प्रयोग गर्ने अन्य मसलाहरूमा विशेष ख्याल राख्नुपर्छ । दालचीनी, ल्वाङ वा अन्य मसलाहरूले छालामा असर गरी अनुहार पोल्ने, चिलाउने तथा रातो हुन सक्छ ।

यदिऽ फेसप्याक बनाउनका लागि मसला प्रयोग गर्दा उक्त फेसप्याकलाई केही समय हातमा लगाएर प्याच परीक्षण गर्नुपर्छ ।

Loading...