कविता सुनाएर गगन थापाले गरे प्रधानमन्त्रीको आलोचना

काठमाण्डौ , २९ बैसाख । संघिय सांसद गगन थापाले सोमबार प्रतिनिधि सभाको बैठकमा कविता सुनाउदै सरकारको नेतृत्वको आलोचना गरेका छन ।

भारतले मिचेको नेपाली भूमी फिर्ता माग्न नसकेको र विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा बुझन नसकेको भन्दै सांसद थापाले म त साह्रै भाग्मानी शिर्षकको कविता सुनाएर प्रधानमन्त्री केपी ओलीको आलोचना गरेका हुन ।

उनले सरकारको आलोचना गर्दै संसदको बैठमा यसरी कबिता सुनाएका थिए ।

छैन यहाँ देशको नक्सा मेटिएको

न त लिपुलेकलाई डोजरले रेटिएको

यस्तो सबल सरकार छ सीमा कसले मिच्ने

कोही छैनन जोरी खोज्ने को ही छैन्न हेप्ने ।

सयौँं कोस हिड्दा पनि श्रमिक छैनन आहात

गरिबलाई सम्मान छ गरिबलाई राहात

विदेशमा कोही पनि अलपत्र छैनन्

दुःख पीडा सुनाउने ती नेपाली नै होइनन् ।

जनताको व्यथालाई ध्यान दिएर सुन्ने

कृषक साना व्यापारीको सारै मर्म बुझ्ने

भ्रष्टाचारलाई नसहने सरकारको छ नी ।

हावादारी हल्ला हुन ओम्नी र यती

सबैतिर वाह वाह यस्तो विकास देख्दा

पत्रकार नी दंग छन् यी समाचार लेख्दा ।

कोमल हृदयका प्रधानमन्त्री आँसु कवि हाम्रा

दिन नविराई सिर्जना छ, आहा कति राम्रा

राहत खोज्दै आउनेलाई तीनै गीत दिउँला

गीत कविता भट्याउँदै कालापानी जाउँला ।

सारा नेपाल हाँसेको छ मेची काली गाउँछ

आँसु आए बरु त्यही गीतले आउँछ ।

यस्तो नायक गजबका ल्यायौँ जानी जानी

ओहो हामी नेपाली त सारै भाग्यमानी

आ हो साह्रै भाग्यमानी म त भाग्यमानी ।

Loading...