birat ribon

राष्ट्रिय टोलीका पूर्वमिडफिल्डर रञ्जितलाई कोरोना संक्रमण

Neuro
राष्ट्रिय टोलीका पूर्वमिडफिल्डर रञ्जितलाई कोरोना संक्रमण

काठमाडौं, २९ वैशाख । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वमिडफिल्डर रञ्जित श्रेष्ठले आफूलाई कोरोना संक्रमण भएको बताएका छन् ।

cura insider

उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो शेयर गर्दै आफूलाई कोरोना पोजिटिभ देखिएको बताएका छन् ।

हाल उनी वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा छन् ।

सन् २००९ मा बंगलादेशमा भएको साफमा नेपाली टोलीमा रहेका रञ्जितले कोरोना संक्रमण भए पनि स्वास्थ्य सामान्य रहेको फेसबुकमार्फत् बताएका छन् ।

उनले भनेका छन्, ‘म सेल्फ आइसोलेसनमा छु । मलाई कोरोनाको पोजिटिभ छ । तर, मलाई खासै त्यस्तो केही लागेको जस्तो छैन । तातो पानी खान्छु । ब्यालेन्स डाइटमा बसेको छु ।’

‘सबै मान्छेहरू प्यानिक भएको होला कोरोना भाइरसले गर्दा । तर आत्तिनुपर्ने केही छैन । मलाई संक्रमण भएको चार–पाँच दिन भयो । नर्मल छु । कफ केही छैन । कहिलेकाहिँ ड्राइ कफ हुन्छ । रुममा बसेको छु । खाना खान्छु । जगिङ गर्दै बसेको छु,’ उनले भनेका छन् ।

यू–१६ टोलीबाट नेपालको कप्तानी गरेका रञ्जितले फ्रेन्ड्स क्लब र न्यूरोड टिम (एनआरटी) बाट व्यवसायिक फुटबल खेलेका थिए ।

jackson ribon