भद्रगोलका ‘वेलासे’ले जिते कोरोना

विराटनगर, २९ वैशाख । केही साताअघि कोरोना भाइरसबाट संक्रमण भएपछि उपचार गराइरहेका भद्रगोलका कलाकार सुवास कार्की ‘वेलासे’ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

करिब २ हप्ताअघि कोरोना भाइरस ‘कोभिड–१९’ को परीक्षणमा पोजेटिभ देखिएपछि उपचार गराइरहेका कार्कीले कोरोनालाई जितेका हुन् ।

उनलाई पूर्ण रूपमा ठीक हुन भने ६ हप्ता लाग्ने बताइएको छ । स्वास्थ्यमा सुधार देखिए पनि आफू अस्पतालकै निगरानीमा रहने उनले जानकारी दिएका छन् ।

कार्कीले आफू कोरोना सङ्क्रमित भएपछि स्वास्थ्यलाभको कामना गर्ने आफन्त तथा शुभेच्छुकहरू प्रति धन्यवाद दिएका छन् ।

साथै, उनले लण्डनमा आफूलाई सहयोग गर्ने, घरसम्म नै औषधि र खाद्यान्न ल्याइदिने सबै सहयोगीप्रति आभार व्यक्त गरेका छन् ।

‘वेलासे’ हाँस्य टेलिसिरियल भद्रगोलमा निकै रुचाइएका पात्र हुन् । करिव २ वर्षदेखि बेलायतको राजधानी लण्डनमा उनी आफ्नी पत्नी, एक छोरा र एक छोरीसँगै बस्दै आएका छन् ।

Loading...