birat ribon

गएरातिदेखि काबुलमा सातवटा बम विस्फोट

Neuro
गएरातिदेखि काबुलमा सातवटा बम विस्फोट

काबुल, २९ वैशाख । अफगानिस्तानको राजधानी काबुलको ताहिया मास्कान क्षेत्रमा सोमबार बिहान चारवटा बम विस्फोट भएका छन् ।

सुरक्षा अधिकारीहरूका अनुसार उक्त विस्फोटका कारण जनधनको क्षति भएको छैन ।

cura insider

राष्ट्रिय सुरक्षा महानिर्देशनालय (एनडिएस) र सरकारी सवारी साधनहरूलाई लक्षित गरी उक्त विस्फोट गराइएको प्रहरीले जनाएको छ ।

आइतबार राति पनि काबुल नजिकका काहाराही कम्बारी र हूटखिलमा पनि तीन वटा विस्फोट गराइएका थिए ।

गएरातिदेखि काबुल शहरलाई लक्षित गरी सात वटा विस्फोटका घटना भइसकेका छन् ।

अफगानिस्तानको मुख्य विद्रोही तालिबान समूह समेतका कुनै पनि समूहले ती विस्फोटहरुको जिम्मेवारी लिएका छैनन् । रासस

jackson ribon