birat ribon

लकडाउनमा चोरी गर्ने दुई महिलासहित ११ जना पक्राउ

Neuro
लकडाउनमा चोरी गर्ने दुई महिलासहित ११ जना पक्राउ

काठमाडौँ, २९ वैशाख । लकडाउन जारी रहँदा महानगरीय प्रहरीवृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ ।

Padelux insider
cura insider

बौद्ध क्षेत्रको विभिन्न स्थानबाट सो कार्यमा संलग्न दुई महिलासहित नौ पुरुषलाई पक्राउ गरी मुद्दा चलाएको वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

विभिन्न बन्द होटल, रेस्टुराँ, पसल तथा कोठामा चोरी हुन थालेको उजुरीपछि प्रहरीले आफ्नो क्षेत्रमा गस्ती बढाएको थियो ।

“गस्ती बढाएसँगै लकडाउनको मौका छोपी चोरी गर्नेलाई पक्राउ गरी अनुसन्धनपश्चात् कानूनी कारवाही अघि बढाइएको छौँ । ती मध्ये कोही बालबालिका समेत रहेका छन् । कोहीलाई सम्झाइबुझाइ गरेर परिवारको जिम्मामा पठाएका छौँ । कोहीलाई सुधारगृह पठाएका छौँ ।” उनले भने ।

प्रहरीले पसल चोरी गर्दै गर्दा गोरखा घर भई हाल काठमाडौँ बौद्ध बस्ने आयुष थापा मगर तथा भोजपुर घर भई काभ्रे बस्ने सुरज मगरलाई पनि प्रहरी पक्राउ गरेको थियो ।

त्यस्तै चार्जमा राखेको मोबाइल चोरी गर्दै गर्दा प्रहरीले दुई महिलालाई पक्राउ गरी मुद्दा दायर गरेको छ ।

यसरी पक्राउपर्नेमा काठमाडौँ सुकेधाराकी रेश्मा लामा र पर्सा घर भई काठमाडौँ बस्दै आएकी निर्मला भनिने मिना लामा रहेका छन् ।

चोरी मुद्दामा पक्राउपर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौँ गोकर्णेश्वर बस्ने असल भुजेल र अभिषेक भुजेल, ओखलढुङ्गा घर भई काठमाडौँ बस्ने ङिमा शेर्पा र धनबहादुर तामाङ, बूढानीलकण्ठका आयुष राई र सुमन लिम्बू रहेका प्रहरीले जनाएको छ । रासस

jackson ribon