birat ribon

सप्तरीमा भेटिए नयाँ संक्रमित, १ सय २१ पुग्यो संक्रमितको संख्या

Neuro
सप्तरीमा भेटिए नयाँ संक्रमित, १ सय २१ पुग्यो संक्रमितको संख्या

विराटनगर, २९ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ ।

cura insider

सोमबार सप्तरी एक जना कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ सय २१ पुगेको हो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो ।

यससँगै देशभर संक्रमितको संख्या १ सय २१ पुगेको छ । आज बिहानमात्रै कपिलवस्तुमा १० जनामा संक्रमण देखिएको थियो ।

jackson ribon