birat ribon

भान डाइक प्रिमियर लिगकै सर्वकालीन उत्कृष्ट डिफेन्डर

Neuro
भान डाइक प्रिमियर लिगकै सर्वकालीन उत्कृष्ट डिफेन्डर

एजेन्सी, २९ वैशाख । इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्वस्टार भिसेन्ट कम्पनीले लिभरपुलका खेलाडी भर्जिल भान डाइक प्रिमियर लिगकै सर्वकालीन उत्कृष्ट डिफेन्डर रहेको बताएका छन् ।

बेल्यिमका भेट्रान खेलाडी कम्पनीले हालै दिएको एक अन्तर्वार्ताका क्रममा भान डाइक प्रिमियर लिगको उत्कृष्ट डिफेन्डर रहेको बताएका हुन् ।

cura insider

२८ वर्षीय भान डाइक जनवरी २०१८ मा साउथह्याम्पटनबाट लिभरपुल आएका थिए । उनी आएको वर्ष लिभरपुल च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो भने अर्को वर्ष उपाधि नै जितेको थियो ।

नेदरल्याण्ड्सका स्टार भान डाइक सन् २०१९ को बालोन डी‘ओरको दौडमा दोस्रो भएका थिए । यूईएफए प्लेयर अफ दि इयरको अवार्ड जित्न सफल उनी प्रिमियर लिगको इतिहासमै उत्कृष्ट डिफेन्डर भएको कम्पनीको दाबी छ ।

‘भान डाइक प्रिमियर लिग इतिहासकै उत्कृष्ट डिफेन्डर हुन् । केही वर्ष अगाडि मात्र लिभरपुल आएका भए पनि उनले त्यहाँ राम्रो प्रभाव बनाएका छन् । उनीजस्तो डिफेन्डर मैले कहिलेपनि देखेको थिइनँ’, कम्पनीले भने ।

‘भान डाइक आउनुअघिको लिभरपुल र अहिलेको लिभरपुलमा धेरै फरक छ’, उनले भने, ‘यो सबै उनको प्रभाव हो । मलाई लाग्छ उनी प्रिमियर लिगकै सर्वकालीन उत्कृष्ट डिफेन्डर हुन् ।’

jackson ribon