birat ribon

नेपाली भूमि अतिक्रमणविरुद्ध विरोध गर्दै प्रधानमन्त्रीलाई नेविसंघको ज्ञापनपत्र

Neuro
नेपाली भूमि अतिक्रमणविरुद्ध विरोध गर्दै प्रधानमन्त्रीलाई नेविसंघको ज्ञापनपत्र

विराटनगर, २९ वैशाख । नेपाल विद्यार्थी संघले भारतले नेपाली भूमि लिपुलेकमा सडक बनाएकोमा विरोध जनाएको छ ।

भारतले नेपालप्रति हेपाहा प्रवृत्ति देखाइ, ज्यादतीपूर्ण तवरले नेपाली भूमि अतिक्रमण गरी कालापानी, लिपुलेक हुँदै चीनको धार्मिकस्थल मानसरोबरसम्मको बाटो नेपाललाई जानकारी नै नदिइ उद्घाटन गरेको भन्दै कांग्रेस सम्बद्ध विद्यार्थी संघले विरोध जनाउँदै सरकारको ध्यानाकर्षण गराएको हो ।

cura insider

नेविसंघ इकाईले मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको थियो । नेविसंघ निवर्तमान केन्द्रीय सहमहामन्त्री कृष्ण कार्कीले नेतृत्त्वदायी भूमिका खेलेको कार्यक्रममा विद्यार्थी नेता ई.राजु तामाङले तुरुन्त कुटनितिक पहल गरी यसको समाधान गर्नुपर्ने बताए ।

मुलुकको राष्ट्रिय सुरक्षामाथि नै प्रहार हुनेगरी छिमेकी राष्ट्रबाट भएको यस खालको गतिविधिका सन्दर्भमा नेपाल सरकारको धारणा माग गर्दै अविलम्ब “प्रोटेस्ट नोट” भारत सरकारलाई पठाउनको लागि दबाब दिन कार्यक्रम आयोजना गरिएको नेविसंघ नेता केशव गिरीले जानकारी दिए ।

उनले भने, ‘यो अवस्थामा भारतीय गुलाम जसरी मूकदर्शक भएर बस्न नसकिने र उस्तै परे भारतसँग झगडै गरेर नत्र यो मुद्दा अन्तर्राष्ट्रियकरण गरेर भए पनि आफनो भूमिको रक्षा गर्नुपर्छ ।’

नेविसंघ इस्टर्न कलेज अफ ईन्जिनियरिङका सभापति ई.मिलन श्रेष्ठलेको नेतृत्त्वमा ज्ञापनपत्र बुझाइएको कार्यक्रममा इकाई सचिव कृष्ण श्रेष्ठले पत्र वाचन गरेर सुनाएका थिए ।

लकडाउनको समयमा ज्ञापनपत्र बुझाउन नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल ट्रेड युनियनका नेता तथा नेपाल विद्यार्थी संघका सबै स्थानीय तहबाट आएका विद्यार्थी नेताहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

jackson ribon