birat ribon

चीनले नेपाललाई दियो ४० हजार पीसीआर किट

Neuro
चीनले नेपाललाई दियो ४० हजार पीसीआर किट

काठमाडौं, २९ वैशाख । चीन सरकारले कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि नेपाल सरकारलाई ४० हजार पीसीआर किट हस्तान्तरण गरेको छ ।

cura insider

सोमबार चिनियाँ राजदूत होउ यान्छीले परीक्षण किटसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

राजदूत यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ४० हजार थान पीसीआर किट, २० हजार एन ९५ मास्क, ८ लाख सर्जिकल मास्क, १० हजार थान मेडिकल चस्मा लगायतका मेडिकल सामग्री हस्तान्तरण गरेकी हुन् ।

यी सामान गएको शुक्रबार र शनिबार गरी काठमाडौं ल्याइएको थियो ।

jackson ribon