डार्क सर्कल हटाउनका लागि चामलको प्रयोग

विराटनगर, २९ वैशाख । महिलाको तुलनामा डार्क सर्कल पुरुषहरूमा बढी देखिन्छ । यसले पुरुषहरूको अनुहारको स्मार्टपनलाई बिगार्नुको साथै कहिलेकाहिँ लाजमर्दोको कारण पनि हुन्छन् ।

केही व्यक्तिहरूमा हुने डार्क सर्कलको समस्या अनिन्द्राका कारण, मोबाइल, ल्यापटपबाट निस्किने प्रकाशको कारण वा लगातार स्क्रिनमा हेर्नु हो ।

केही व्यक्तिहरूले रक्सी र धूम्रपानको सेवनको कारण पनि डार्क सर्कलको समस्या उत्पन्न हुन सक्छ । डार्क सर्कललाई हटाउनका लागि मानिसहरूले अनेकौं उपायहरू अपनाउने गरेका छन् ।

त्यस्तै, दैनिक खानपानमा समावेश गरिने चामललाई आँखामुनिको कालो घेरा सफा गर्नका लागि पनि प्रयोग गर्न सकिन्छ । चामलमा पाइने गुणहरूले धेरै हदसम्म डार्क सर्कलहरू मेटाउने क्षमता राख्छ ।

वैज्ञानिक अनुसन्धानका अनुसार छालामा चामलको प्रयोगको कारणले छालामा कोलाजेन बढ्छ ।

चामलमा पाइने एन्टी एजिंग र एन्टीआक्सीडन्ट गुणहरूले छालालाई चम्किलो राख्न र चाउरीपन र डार्क सर्कल हटाउन मद्दत गर्न सक्छन् ।

डार्क सर्कललाई हटाउनका लागि चामल र केही थोपा महको आवश्यक हुन्छ ।

एक दिन अगाडि चालमलाई भिजाएर, बिहान उठेपछि पिसेर राम्रो पेस्ट बनाउनुपर्छ ।

चामलको पेस्टमा मह थपेर पेस्टलाई हल्का डार्क सर्कलमा लगाउनु पर्छ ।

यसलाई ५ देखि ७ मिनेटको लागि राखेर पानीले धुनुपर्छ ।

हप्तामा दुईदेखि तीन पटक यसको प्रयोग गर्दा केही सातामा नै डार्क सर्कल घटेको देख्न सकिन्छ ।

Loading...