birat ribon

मुस्लिम समुदायलाई राहत वितरण

Neuro
मुस्लिम समुदायलाई राहत वितरण

मोहन ढकाल

विराटनगर, २९ वैशाख । विराटनगर–१ स्थित भट्टचौकको मुस्लिम समुदायमा राहत वितरण गरिएको छ ।

cura insider

भट्टचौकमा मुस्लिम संघका केन्द्रीय सदस्य अफजल हुसेन गुल्जार र स्थानीय मुस्लिम अगुवाहरूको सहकार्यमा राहत वितरण गरिएको हो । उनीहरूले भट्टाचोकका ९० घरमुस्लिम परिवारलाई राहत वितरण गरेका छन् ।

रमजानको अफतारीका लागि सहज होस् भनेर राहत वितरण गरिएको वडा नं. १ मुस्लिम संघका अध्यक्ष नसिम शेखले बताए ।

शेखका अनुसार राहतस्वरुप साढे ११ केजी चामल, ४ सय ग्राम सोयाविन, १ केजी आलु, आधि लिटर तेल र २ प्याकेट चाउचाउ वितरण गरेका हुन् ।

उनीहरूले लकडाउनको पालना गर्दै राहत घरघरमा लगेर वितरण गरेका छन् ।

jackson ribon