birat ribon

‘नेयमार र एम्बाप्पेले पीएसजी छोड्दैनन्’

Neuro
‘नेयमार र एम्बाप्पेले पीएसजी छोड्दैनन्’

एजेन्सी, २९ वैशाख । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का मिडफिल्डर एन्डर हेरेर्राले आफ्ना सहकर्मीद्वय नेयमार र किलियन एम्बाप्पेले पेरिस नछोड्ने बताएका छन् ।

cura insider

पीएसजी छोड्ने चर्चाका बीच हेरेर्राले दुवै स्टार खेलाडी क्लब छोडेर अन्यत्र जाने मनसायमा नरहेको बताए ।

ब्राजिलियन स्टार नेयमार र फ्रान्सेली युवास्टार एम्बाप्पे पछिल्लो समय ला लिगा क्लबसँग जोडिएका छन् ।

नेयमार पूर्वक्लब बार्सिलोनासँग जोडिएका छन् भने एम्बाप्पे रियल मड्रिड जाने चर्चामा छन् ।

तर, सहकर्मी हेरेर्रा भने दुवै खेलाडीले क्लब नछोड्नेमा विश्वस्त छन् ।

‘नेयमार र एम्बाप्पे अहिलेसम्म पीएसजीमै छन् र जस्तो अवस्था आए पनि उनीहरूले पेरिस छोड्ने छैनन्’, एक अन्तर्वार्ताका क्रममा हेरेर्राले भने ।

‘क्वारेन्टाइनमा बस्नुअघि मैले नेयमारसँग डिनर गरेको थिएँ’, उनले भने, ‘नेयमार पीएसजीलाई लिएर निकै सकारात्मक छन् । उनले मलाई भनेका थिए कि उनी यहाँ धेरै नै खुशी छन् ।’

यसैगरी हेरेर्राले अर्का सहकर्मी एम्बाप्पे पनि पीएसजीमा खुशी रहेको उल्लेख गरे ।

‘नेयमारका साथै एम्बाप्पे पनि क्लबसँग रुष्ट छैनन् । मलाई लाग्छ उनी यहाँबाट कतै जाँदैनन्’, उनले भने ।

jackson ribon