एजेन्सी, २९ वैशाख । जर्मनीमा लकडाउन खुकुलो पारेसँगै कोरोना भाइरसबाट संक्रमित हुने संख्या बढेको छ ।

रोबर्ट कोच इन्स्टिच्युटका अनुसार लकडाउन खुकुलो पारेको एक दिनमै कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अरुमा सर्ने दर अर्थात् री–प्रोडक्शन दर बढेको हो ।
अहिले जर्मनीमा एक संक्रमितबाट एकभन्दा धेरै व्यक्तिमा संक्रमण फैलिएको देखिएको छ ।
जर्मनीमा संक्रमितको संख्या बढिरहेको छ ।
शनिबारका दिन जर्मनीमा लकडाउन केही खुकुलो पारिएको भए पनि त्यहाँका केही मानिसले लकडाउनलाई पूर्ण रूपमा अन्त्य गर्नु पर्ने भन्दै प्रदर्शन गरेका थिए ।
यसअघि जर्मन चान्सलर आंगेला म्याकेलले बुधबार १६ राज्यका नेतासँग छलफल गरी देशव्यापी रूपमा लकडाउन खुकुलो पार्ने घोषणा गरेकी थिइन् ।
जर्मनी कोरोनाबाट प्रभावित देशहरूको सुचीमा सातौं नम्बरमा रहेको छ ।
जर्मनीमा हालसम्म एक लाख ७१ हजार भन्दा बढीमा कोरोना भाइसको संक्रमण भएको छ भने ज्यान गुमाउनेको संख्या सात हजार ५ सय ६९ छ ।