birat ribon

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

Neuro
भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

विराटनगर, २९ वैशाख । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना भएका छन् ।

cura insider

स्वास्थ्यमा असहजता महशूस भएपछि उनलाई आइतबार राति ९ बजे राजधानी नयाँ दिल्लीस्थित ऐम्स अस्पतालमा भर्ना गरिएको हो ।

छातीको दुखाइसँगै स्वास्थ्यमा असहजता महशुस भएपछि उनीअस्पतालमा भर्ना भएका हुन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पूर्वप्रधानमन्त्री सिंहलाई अस्पतालको हृदय रोग विभागमा राखेर उपचार गरिएको छ ।

प्रारम्भिक जाँचमा ८७ वर्षीय सिंहको शारीरिक अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

डा. नितिश नाइक नेतृत्वको टोली पूर्वप्रधानमन्त्री सिंहको उपचारमा संलग्न छन् ।

अर्थविद् डा. सिंहले सन् २००३ पछि लगातार दुईपटक भारतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

jackson ribon