birat ribon

कपिलवस्तुमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

Neuro
कपिलवस्तुमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

काठमाडौँ । कपिवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १ सय २० पुगेको छ ।

cura insider

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षण अनुसार कपिलवस्तु जिल्लाको यशोधरा गाउपालिका ५, बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ बर्षिय पुरुष र एक जना उमेर नखुलेका पुरुषलाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जसमा ८८ जना पुरुष र ३२ जना महिला संक्रमित रहेका छन् । १२० मध्ये प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ३१, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ४० र सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको छैन् ।

jackson ribon