नेपाली युवा दिवेश अमेरिकन आइडलको टप ७ मा

विराटनगर, २९ बैशाख । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा पुगेका छन् ।

‘अर्थर गन’को नामबाट परिचित पोखरेल अमेरिकन आइडलको टप ७ मा पुग्ने पहिलो नेपाली हुन् ।

पछिल्लो छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै पोखरेल उत्कृष्ट सात मा छनौट भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

अडिसनदेखि टप ७ सम्म आइपुग्दा हरेक प्रस्तुतीमा उनले जजबाट निकै राम्रो प्रतिक्रिया पाईरहेका छन् ।

सन् २०१३ देखि अमेरिकामा बस्दै आएका पोखरेलले नेपाली र अङ्ग्रेजी गीत गाउँदै आएका छन् ।

Loading...