birat ribon

ला लिगाका पाँच खेलाडीमा कोरोनाको संक्रमण

Neuro
ला लिगाका पाँच खेलाडीमा कोरोनाको संक्रमण

एजेन्सी, २९ वैशाख । स्पेनिस फुटबलका शीर्ष दुई डिभिजनको लिगमा पाँच खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको ला लिगाले पुष्टि गरेको छ ।

ला लिगाले आइतबार पछिल्लो परीक्षणमा पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि गरेको हो । खेलाडीको पहिचान नखुलाइएको भए पनि ला लिगा क्लब रियल बेटिसले आफ्ना तीन खेलाडीमा संक्रमण देखिएको जनाएको छ ।

cura insider

बेटिसले जोयल रोब्लेस, अल्फोन्सो पाड्राज र जुआन्मी जिमिनेजलाई कोरोना संक्रमण भएको घोषणा गरेको छ ।

यता, ला लिगाले भने नाम भने सार्वजनिक गरेको छैन । यस्तै ला लिगाले उनीहरूलाई आइसोलेसनमा राखिएको जनाएको छ ।

ला लिगाले आधिकारिक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विशेषगरी, ला लिगा फुटबलको शीर्ष दुई डिभिजन लिगमा पाँच खेलाडीमा कोरोना संक्रमण देखिएको छ । उनीहरू आइसोलेसनमा छन् ।’

jackson ribon