birat ribon

सवारी पास वितरण खुकुलो पारिदै

Neuro
सवारी पास वितरण खुकुलो पारिदै

काठमाडौँ, २९ वैशाख । उपत्यकाभित्र सवारी पास वितरणमा पनि सरकारले केही खुकुलो नीति ल्याइएको छ ।

cura insider

लकडाउन केही खुकुलो पारी वित्तीय संस्था, उद्योग कलकारखाना खुला गरेसँगै सवारी पास जारी पनि खुकुलो बनाउने निर्णय भएको हो ।

उपत्यकामा अब सम्बन्धित मन्त्रालय तथा अन्य निकायका तोकिएका अधिकारीबाट समेत सवारी पास लिन पाइने भएको छ ।

यसअघि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूबाट मात्र पास जारी हुने गरेको थियो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आइतबार उपत्यकाका तीनैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य, आपूर्ति तथा उपाभोक्ता हित संरक्षण विभाग तथा उद्योग विभागका प्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिसमेतको बैठकले सो निर्णय गरेको हो ।

jackson ribon