काठमाडौं, २९ बैशाख । विश्वमा कोरोना संक्रमितको संख्या ४१ लाख ७९ हजार पुगेको छ ।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कुल ४१ लाख ७९ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ ।
अमेरिकामा १३ लाख २९ हजार ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्पेनमा २ लाख २४ हजार ३ सय ५०, बेलायतमा २ लाख २० हजार ४ सय ४९, इटालीमा २ लाख १९ हजार ७० र रुसमा २ लाख ९ हजार ६ सय ८८ संक्रमित छन् ।
यस्तै फ्रान्समा १ लाख ७७ हजार ९४, जर्मनीमा १ लाख ७१ हजार ८ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको तथ्याङमा उल्लेख छ ।
विश्वभर २ लाख ८३ हजार ८ सय ५० जनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेको संख्यामा पनि अमेरिका नै अघि छ ।
त्यहाँ ७९ हजार ५ सय २२ जनाको मृत्यु भइसकेको छ ।
बेलायतमा ३१ हजार ९ सय ३०, इटालीमा ३० हजार ५ सय ६० र स्पेनमा २६ हजार ६ सय २१ को मृत्यू भएको छ ।
यस्तै फ्रान्समा २६ हजार ३ सय ८३, ब्राजिलमा ११ हजार १ सय २३, बेल्जियममा ८ हजार ६ सय ५६ जनाको मृत्यु भइसकेको तथ्याङ्कमा उल्लेख छ ।
हाल सम्म १४ लाख ९० हजार ५ सय ३५ जना निको भएर घर फकिएका छन् ।