birat ribon

कोरोनाको कारण मृत्यु हुनेको संख्या २ लाख ८१ हजार बढी

Neuro
कोरोनाको कारण मृत्यु हुनेको संख्या २ लाख ८१ हजार बढी

विराटनगर(एजेन्सी) २८ बैशाख । कोरोना भाइरस संक्रमणको कारण विश्वभर २ लाख ८१ हजार ४ सय ६१ जनाको मृत्यु भएको छ ।

cura insider

अहिलेसम्म ४१ लाख ४० हजार २८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

कोरोनाबाट १४ लाख ५५ हजार ९ सय २१ जना भने निको भएका छन् ।

आइतबार बेलुकासम्ममा अमेरिकामा मृत्यु हुनेको संख्या ८० हजार १ सय २५ पुगेको छ ।

गएको २४ घण्टामा अमेरिकामा ८८ जनाको कोरोना भाइरस (कोभिड १९) को कारण मृत्यु भएको छ ।

बेलायतमा अहिलेसम्म ३१ हजार ८ सय ५५ र इटालीमा ३० हजार ३ सय ९५ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा १३ लाख ५० हजार ५ सय ७ जनामा यसको संक्रमण भएको पुष्टि भएको छ ।

jackson ribon