यौन दुर्वलता हाटाउने घरेलु उपाय

विराटनगर (एजेन्सी), २८ बैशाख । मानिसहरुको सर्वाधिक चासोमा यौन रहने गर्छ ।

तर खुलेर कुराकानी गर्न नसक्दा भित्रभित्रै यो विषयले घरबार नै बिग्रिने अवस्थामा पुर्याएको पनि हुन सक्छ । यौन दुर्वलता शारीरिक स्वास्थ्यसँग मात्र नभइ मानसिक रुपमा पनि पिडा दिने गर्दछ ।

यो समस्या भएकाहरुले केही हदसम्म घरमै पाइने सामग्री प्रयोग गरी समाधान गर्न सक्छन् । यौनशक्ति बढाउन घरेलु उपाय नै प्रभावकारी रहेको विज्ञहरुको भनाइ छ ।

यौन जीवनमा असर गर्ने तत्वहरुमा विशेषत खानपान, तनाव, जीवनशैली लगायतका पक्षहरु हुन्छन् । तसर्थ स्वस्थ्यकर खाना, नियमित व्यायम, तनावमुक्त जीवन नै पहिलो औषधि हो ।

सन्तुलित भोजन, आवश्यक पोषकतत्वहरु शरीरलाई प्राप्त गर्नको लागि चाहिन्छ ।

यो सहित तपाईले तुलसीको धुलोमा केही भाग मिश्री मिसाएर नियमति सेवन गरे यौन दुर्वलतासँगै अन्य रोगहरुबाट पनि बचाउँछ ।

तुलसीको पत्ताको दुई भाग मसली र मुसलीको दुई भाग मिश्री हालेर बनाएको चुर्ण दूधमा सेवन गरे यौन दुर्वलता कम हुन्छ ।

यसै गरी लसुनको उपयोगले समेत यौन दुर्वलता हटाउन मद्दत गर्छ । मह र लसुन पिसेर बनाएको पदार्थ नियमित सेवन गरे फाइदा पुग्छ ।

Loading...