birat ribon

कालापानी नजीकै बिओपी स्थापना हुने

Neuro
कालापानी नजीकै बिओपी स्थापना हुने

दार्चुला, २८ बैशाख । दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना हुने भएको छ ।

cura insider

गत मङ्सिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो ।

भारतले यही शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले अहिले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको बिओपी राख्ने भएको हो ।

बुधबार व्यासको छाङ्गरुमा बिओपी स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको सशस्त्र प्रहरी बल नेपाल नं ५० का सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले बताए ।

अहिलेलाई छाङ्गरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटाउने तयारी भएको विष्टको भनाइ छ ।

सशस्त्र प्रहरी पठाउनुपर्छ भन्दै पटकपटक जिल्लाबाट रिपोर्टिङ हुँदै आएको थियो ।

व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको बिओपी राख्न स्थानीयले जमीनसमेत उपलब्ध गराएका छन् । स्थानीयले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमीन सशस्त्र प्रहरीलाई दिइसकेको छ ।

बिओपी स्थापना हुने भन्दै सशस्त्र प्रहरी बल नेपाल ५० नं गुल्म दार्चुलाबाट गत चैत पहिलो साता निरीक्षणसमेत गरिएको थियो ।

सशस्त्र प्रहरीको हेडक्वार्टरमार्फत गृहमा व्यासमा सशस्त्र प्रहरी पठाउने स्वीकृतका लागि पत्र गइसकेको सुरक्षा अधिकारीले जनाएका छन् ।

भारतले नेपाली भूमि भएर सडक निर्माणपछि सीमामा राज्यको उपस्थिति गराउनुपर्ने दबाब परेको थियो ।

अहिले नै भवन निर्माण गर्न सकिने अवस्था नभए पनि घर भाडामा लिएर सशस्त्र प्रहरी राख्ने तयारी भएको हो ।

अहिले हिमपात पनि कम हुँदै गएका कारण सशस्त्र प्रहरी बस्न सक्ने अवस्था रहेको विष्टको भनाइ छ ।

यसअघि व्यासको तिङ्करको छायालेक र छागङ्रुको सीतापुलमा रहँदै आएका नेपाल प्रहरीका दुवै युनिट अहिले व्यास गाउँपालिका–२ को दुम्लिङ झरेको छ ।

प्रहरी पनि सशस्त्रसँगसँगै व्यास पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताए ।

jackson ribon