birat ribon

अलपत्र पर्यटकको उद्दार

Neuro
अलपत्र पर्यटकको उद्दार

सङ्खुवासभा, २८ बैशाख । सङ्खुवासभा मकालु आधार शिविरको भ्रमणका लागि पुगेर १ महिनादेखि अलपत्र भएका विदेशीको उद्धार गरिएको छ ।

cura insider

२ चैतमा मकालु आधार शिविरको भ्रमण गर्न आएका युक्रेनी २६ वर्षीय अर्टेम सुहोनियाकिनको उद्धार गरिएको हो ।

युवा विकास केन्द्रको आपत्कालीन प्रतिकार्य केन्द्रको व्यवस्थापन र जिल्ला समन्वय समितिको पहलमा उद्धार गरिएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए ।

मकालु आधार शिविरको भ्रमणमा आएका उनी लकडाउनका कारण अलपत्र परेका थिए ।

उनलाई २२ चैतमा प्रहरीले उद्धार गरी जिल्ला प्रहरी कार्यालयले खानाको व्यवस्था गरी होटल खाँदबारीमा राखेको थियो ।

सुहोनियाकिनलाई आइतबार पूर्वाधार विकास कार्यालयको गाडीमा इटहरीसम्म पठाइएको छ ।

उनलाई इटहरीबाट युवा विकास केन्द्रको अर्को गाडी व्यवस्था गरेर आज नै काठमाडौँ पठाइएको युवा विकास केन्द्रको सङ्खुवासभाका संयोजक विजय कार्कीले जानकारी दिए ।

jackson ribon