birat ribon

सीमानामा काँडेतार लगाउन युवा संघको माग

Neuro
सीमानामा काँडेतार लगाउन युवा संघको माग

काठमाडौं, २८ बैशाख । भारतले नेपालको लिपुलेकमा निर्माण गरेको सडकको विरोधमा सत्तारुढ दल नेकपाका दुई भातृ संगठनले सीमा रक्षाको लागि काँडेतार लगाउन माग गरेका छन् ।

युवा संघ नेपाल र अनेरास्ववियूले सिमानामा काँडेतार लगाउन सरकारसँग माग गरेका हुन् ।

cura insider

भारतले गत शुक्रबार तावाघाट लिपुलेक हुँदै मानसरोवरतर्फ जाने सडक बनाएर शिलान्यास गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै सिमानामा काँडेतार लागउन माग गरेका हुन् ।

युवा संघ नेपालका संयोजक राम प्रसाद सापकोटा (दिपशिखा)ले छापमार शैलिमा मिचिएको भूमि फिर्ता गराउन र सिमामा काँडेतार लगाउन माग गरे ।

भारतले दर्जनौं ठाउँमा सीमा मिचेको तथ्यहरु सार्वजनिक हुँदा समेत सरकारले कुटनीतिक पहललाई प्रभावकारी बनाउन नसक्दा समस्या आइरहेको उनको भनाइ छ ।

सिमानाको रक्षाका लागि सुरक्षा फौज राख्न, सिमानामा काँडेतार लगाउन र सीमा सम्बन्धी दिर्घकालिन समस्या समाधानका लागि उच्च तहबाट निर्णायक पहल गर्न पनि उनले आग्रह गरे ।

परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले ज्ञापन पत्र बुझ्दै नेपालको भूमिमा भारतले सडक बनाएको विषयमा सरकार जानकार रहको र सरकारले आफ्नो दृष्टिकोण परराष्ट्र मन्त्रालय मार्फत सार्वजनिक गरिसकेको बताए ।

jackson ribon