birat ribon

आयुष मृत्यु प्रकरण : ट्याक्टरकाे चक्काबाट गिरीलाई निकालेर भागेका थिए चालक

Neuro
आयुष मृत्यु प्रकरण : ट्याक्टरकाे चक्काबाट गिरीलाई निकालेर भागेका थिए चालक

विराटनगर, २८ बैशाख । बिहीबार बिहान सुनसरी मोरङ सिचाई आयोजनाको बेलबारी– ७ खण्डमा मृत भेटिएका आयुष गिरीको मृत्यु सवारी दुर्घटनामा भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

बुधबार दिउँसो साथीसँग निस्किएका आयुष बिहीबार बिहान मृत भेटिएका थिए ।

cura insider

नहरको डिलमा शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले ट्याक्टरको ठक्करबाट मृत्यु भएको निष्कर्ष निकालेको हो ।

दुर्घटनामा संलग्न भएको आरोपमा प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।

कसरी खुल्यो रहस्य ?

बुधबार दिउँसो करिब ४ बजे साथीसँग घरबाट निस्कीएका आयुष मापसे पछि साथीसँग विवाद हुँदा एक्लै घर फर्कदै थिए ।

चिसाङ खोलाको पुलबाट नहरको बाटो पूर्वबाट पश्चिम तर्फ पैदल आउँदै गर्दा रंगेलीकाे जयदुर्गे इँटाभट्टाबाट इँटा लोड लिएर को २ त १२२५ नम्बरको ट्याक्टरले पनि पश्चिम तर्फ आउँदै थियो ।

अघि अघि आँउदै गरेका आयुषलाई ट्याक्टरले ठक्कर दियो । ट्याक्टर पथरीशनिश्चरे नगरपालिका– का ४६ वर्षिय बद्रीबहादुर मगरले चलाएका थिए ।

देब्रो तर्फको ठूलो चक्काले आयुषलाई किचेपछि चालक मगरले ब्रेक लगाए ।

ट्याक्टरबाट आर्लिएर हेर्दा आयुषलाई चक्काले किचेको देखे । चक्का मुनी रहेका आयुषलाई हातले नै तानेर नहरको डिलमा राखे । गिरी अचेत थिए । मृत्यु भएजस्तो लागेपछि मगर गाडी लिएर आफ्नो गन्तब्य तर्फ लागे ।

बिहीबार बिहान शव भेटिएपछि हल्ला फैलियो । प्रहरीले हत्या भएको आशंकामा बुधबार राति आयुषसँगै बसेका ११ जनालाई नियन्त्रणमा लियो ।

११ जनासँग आयुषको झगडा भएकाे खुलेपछि हत्याको आशंकामा अनुसन्धानका लागि जिल्ला र प्रदेश प्रहरी कार्यालयबाट टोली परिचालन भयो ।

प्रहरीको अनुसन्धान ११ जनामा केन्द्रित हुँदै गर्दा साथीसहित चालक मगर इलाका प्रहरी कार्यालय बेलबारी पुगे । राति भएको घटना सुनाए । प्रहरीले शव उठाएर पोष्टमार्टमका लागि पठाएको थियो ।

पक्राउ परेका ११ जनाको बयान र चालक मगरको बयान घटनाकाे प्रकृतिसँग मिल्दाे जुल्दाे थियाे । चालकसहित १२ जना प्रहरी हिरासतमा बसे । पोष्टमार्टम रिपोर्टले पनि दुर्घटना देखाएपछि प्रहरीले मगरलाई सवारी ज्यान मुद्दा चलाइयो ।

दुर्घटना पछि आफ्नो गन्तब्यमा पुगेका मगरले दुर्घटनाको खबर आफ्ना साथी र गाडी धनीलाई सुनाएका थिए । साथीसँगकाे सल्लाहमा उनी आँफै हाजिर भएकाे प्रहरी बताउँछ ।

‘दुर्घटना पछि साथी र गाडी धनीलाई ड्राइभरले घटना सुनाएको रहेछन ।’ इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालले भन्छन् ‘ मगर आँफै दुर्घटना भयो भन्दै प्रहरी कार्यालय आएका हुन ।’

अनुसन्धानका क्रममा ट्याक्टरले ठक्कर दिएको खुलेपछि बद्रीबहादुर मगरलाई नियन्त्रणमा लिएर सवारी ज्यान कसुरमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

आयुषसँगै बुधबार राति बसेका ११ लाई अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

चाउचाउ राख्ने विवादमा दुई थप्पड

बुधबार बेलुका करिब ४ बजे घरबाट निस्किएका आयुषले मोरङ बेलबारी नगरपालिका– ७ का २७ वर्षिय अमृत लिम्बु, २० वर्षिय भुवन भुजेल, कानेपोखरी गाउँपालिका– १ का २० वर्षिय रोशन कार्की, १९ वर्षिय सुजन कटुवाल, २० वर्षिय पारस पौडेल, २० वर्षिय जोन हस्दा, १९ वर्षिय बिजय हस्दा, रोमन घिमिरे र राजकुमार गेलालले चिसाङ खोला किनारमा रहेको होटल मादक पदार्थ सेवन गरेका थिए ।

राति करिब साढे ७ बजे मदिराले मातेपछि हरि श्रेष्ठको होटलबाट ४ वटा चाउचाउ र भुजा किने । चाउचाउ आयुषले बोकेका थिए ।

चाउचाउ बोकेर चिसाङ खोला पुल नजिकै रहेको काली मन्दिरदेखि दक्षिण तर्फको चौरमा पुगे ।

चौरमा पुगेर खन्याउँदा चाउचाउ र भुजा प्लाष्टिकमा आँटेन । अन्य साथीले आयुषले बोकेको २ वटा चाउचाउ सुजन कटुवाललाई बोक्न देउ भने । तर बाटोमा खाइदिने भन्दै गिरीले दिन मानेनन ।

चाउचाउ बोक्ने विषयमा विवाद भयो । विवादका क्रममा पारस पौडेलले आयुषलाई २ थप्पट हाने । मदिराले मातेका आयुसले थप्पड फिर्ता गर्ने भन्दै पारसलाई पनि थप्पड हाने । पारसलाई २ थप्पट हाने पछि आयुषले साथीहरुलाई गाली गरे ।

सँगै आएका साथीसँग हिड्दिन भन्दै भुवन भुजेल र अमृत लिम्बुलाई फोन गरी उनी एक्लै घर जान्छु भन्दै निस्किए ।

घर आँउदै गर्दा ट्याक्टरले ठक्कर दिएकाे प्रहरीकाे दाबि छ । राति रिसाएर हिडेकाे साथीका बारेमा सँगै बसेकाहरूले चासाे दिएनन् । बिहीबार बिहान मर्निङवाक गर्नेहरूले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।

jackson ribon