birat ribon

कोहलपुरमा स्वाब संकलन गरिँदै

Neuro
कोहलपुरमा स्वाब संकलन गरिँदै

बाँके, २८ बैशाख । बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक स्वाब संकलन गर्न थालिएको छ ।

cura insider

नेपालगञ्ज उपमहानगरपालिकादेखि १६ किमी दूरीमा पर्ने कोहलपुरमा पहिलो पटक कोरोना परीक्षणका लागि स्वाब संकलन शुरु गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले बताए ।

उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखा कोहलपुरको संयुक्त टोलीले कोहलपुर ४ बेलनपुरमा मदरसा हिमालय गरीब नवाज प्राविमा आज स्वास्थ्य शिविर सञ्चालन गरी स्वाब संकलन गर्न थालेको हो ।

नगरपालिका क्षेत्रमा भारतबाट आएका व्यक्ति रहेको आशंकामा स्वाब संकलन गर्न थालेको र संकलित स्वाब परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।

jackson ribon