birat ribon

भलिबल नेशन्स लिग २०२० रद्द

Neuro
भलिबल नेशन्स लिग २०२० रद्द

एजेन्सी, २८ वैशाख । विश्व भलिबल संघ (एफआईभीबी), भलिबल नेशन्स लिग परिषद र आयोजकको संयुक्त सहमतिमा यस वर्षको भलिबल नेशन्स लिग रद्द गरिएको छ ।

cura insider

१९ मेबाट आयोजना हुने भनिएको महिला भलिबल र २२ मेबाट सुरु हुने भनिएको पुरुष भलिबल कोरोना महामारीका कारण रद्द गरिएको एफआईभीबीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विभिन्न देशहरूमा आयोजना गरिने भलिबल नेशन्स लिग महामारीका रूपमा फैलिरहेको कोरोनाको कारण सहभागी राष्ट्रहरूका खेलाडीहरूको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै स्वास्थ्य सुरक्षाका लागि गर्न नसकिने विज्ञप्तिमा लेखिएको छ ।

यसका साथै, आगामी वर्ष आयोजना हुने भलिबल नेशन्स लिग २०२१ को फाइनल खेलहरू २०२० कै आयोजक राष्ट्रद्वय इटाली र चीनमा सम्पन्न गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एफआईभीबीका अध्यक्ष आर्य एस. गार्का खेलाडी र अन्य सहभागी मानिसहरूको स्वास्थ्य सुरक्षाको पूर्ण प्रत्याभूति गर्न नसकि नै प्रतियोगिता गर्नु गैरजिम्मेवारपूर्ण व्यवहार हुने भएकाले यस संस्करणको प्रतियोगिता रद्द गरिएको बताउँछन् ।

यस वर्षको भलिबल नेशन्स लिग नहुने भएपछि एफआईभीबी भलिबल च्यालेन्जर कप २०२० पनि नहुने भएको छ । साथै, २०१९ मा नै छनौट भएका राष्ट्रहरुले आउँदो संस्करणको प्रतियोगितामा सहभागीता जनाउने भएका छन् ।

अघिल्लो संस्करणको भलिबल नेशन्स लिगमा विश्वका उत्कृष्ट १६ राष्ट्रहरू सहभागी भएका थिए ।

अमेरिकामा सम्पन्न भएको पुरुषतर्फको फाइनलमा रसियाले बाजी मारेको थियो भने चीनमा भएको महिलातर्फको खेलमा अमेरिकाले फाइनल जितेको थियो ।

jackson ribon