birat ribon

ढाड दुख्दा अस्पताल पुगेका मानिसमा देखियो तीनवटा मिर्गौला

Neuro
ढाड दुख्दा अस्पताल पुगेका मानिसमा देखियो तीनवटा मिर्गौला

एजेन्सी, २८ वैशाख । ढाडको समस्या लिएर अस्पताल पुगेका ब्राजिलका एक व्यक्तिमा तीनवटा मृगौला देखेपछि डाक्टरहरू छक्क परेका छन् ।

cura insider

तीनवटै मृगौला सामान्य रूपमा काम गरिरहेका छन् । गम्भीर पीडा हुन थालेपछि ३८ वर्ष उक्त व्यक्तिलाई डाक्टरले सीटी स्क्यानको सल्लाह दिइएको थियो ।

लाइभ साइन्समा‘ प्रकाशित समाचारअनुसार साउ पाउलोको हस्पिटल डु रिमको स्क्यान रिपोर्टले उक्त व्यक्तिमा स्लिप डिस्कको समस्याका साथ तीनवटा किड्नी भएको पुष्टि गरेको थियो ।

न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिन पत्रिकामा प्रकाशित रिपोर्टअनुसार उक्त व्यक्तिको शरीरको देब्रे छेउमा सामान्य देखिनेको मिर्गौला र पेल्भिक नजिकै रहेको दुई ओटा किड्नी देखियो ।

डाक्टरहरूले बिरामीको शरीरमा कुनै मिर्गौलासम्बन्धी समस्याहरू फेला परेनन् । र, उनका अंगहरू पनि सामान्य रूपमा काम गरिरहेको देखिन्थ्यो ।

हालसम्म १०० भन्दा कम रिपोर्ट गरिएको तीन मिर्गौलाहरू बिरलै मानिसमा हुन्छ ।

डाक्टरहरूका अनुसार यो दुर्लभ अवस्था हो । यो अवस्था तब हुन्छ जब एक एकल मिर्गौला गर्भावस्थामा भ्रुणको विकासको क्रममा दुई भागमा विभाजित हुन्छ ।

कुनै असामान्य लक्षण नदेखाउने हुँदा मानिसहरूलाई आफूसँग तीनवटा मिर्गौला भएको थाहा हुँदैन ।

यो कुरा अनुसन्धान वा दुर्घटना भएको खण्डमा मात्र पत्ता लाग्ने हुन्छ ।

उक्त मानिसलाई आफ्नो मिर्गौलाको लागि कुनै स्वास्थ्य उपचार आवश्यक पर्दैन । तर, उनको कम्मरमा दुखाइको लागि सामान्य पेनकिलर दिइएको थियो ।

jackson ribon