birat ribon

अवैध हतियार र कालिजसहित एकजना पक्राउ

Neuro
अवैध हतियार र कालिजसहित एकजना पक्राउ

सोलुखुम्बु, वैशाख २८ गते । सोलुखुम्बुको सोताङ गाउँपालिका-३ मा रहेको नागीयाङ सामुदायिक वनबाट अवैध भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।

नागीयाङ सामुदायीक वनमा वन्यजन्तुको चोरी, शिकारी भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सोताङबाट खटिएका प्रहरी टोलीले स्थानीय २५ वर्षीय प्रदीप राईलाई १ थान भरुवा बन्दुक र १ वटा मारेको कालिजसहित आज बिहान ७ बजे पक्राउ गरेको हो ।

cura insider

चोरी, शिकारीमा नै संलग्न रहेका अर्का स्थानीय २५ वर्षीय दीपक राई भने तत्काल फरार रहेकाले उनको खोजतलास र अन्य थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

jackson ribon