विराटनगर, २८ वैशाख । बलिउड अभिनेता सलमान खान र अभिनेत्री ज्याकलिन फर्नान्डिजको नयाँ गीत तेरे बिनाको भिडियो टिजर सार्वजनिक भएको छ ।

सम्पूर्ण गीत सलमानको पनवेल फार्महाउसमा शूट गरिएको हो ।
सलमान आफैंले आफ्नो इन्स्टाग्राममार्फत भिडियोको पोस्टर सेयर गरेका छन् ।
मदर्स डेको उपलक्ष्यमा टिजर सार्वजनिक गरिएको हो ।
उक्त गीतलाई सलमान आफैंले गाएका हुन् ।
सब्बिर अहमदको शब्द रहेको गीतमा अजय भाटियाको संगीत र आदित्य देवको संगीत संयोजन रहेको छ ।
सलमानले आफै निर्देशन गरेको भिडियोको छायांकन र कोरियोग्राफी साजन सिंहले गरेका छन् भने गीतलाई रितेश सोनी सम्पादक हुन् ।