birat ribon

अलपत्र भारतीयलाई गरिब दासको सहयोग

Neuro
अलपत्र भारतीयलाई गरिब दासको सहयोग

सविन घिमिरे
विराटनगर, वैशाख २८ । विराटनगर महानगरपलिका–३ पिपलचोकका गरिब दासले लकडाउनका कारण जीविका चलाउन समस्यामा परेका भारतीयहरुलाई सहयोग गरेका छन ।

लकडाउनले सवारी साधन नचल्दा अलपत्र परेका भारतीय यात्रुहरूलाई खाना खुवाउने अभियान सञ्चालन गरेर गरिबदासले सहयोग गरेका हुन ।

cura insider

दासले तीर्थ यात्री सेवाकेन्द्र र स्थानीयबासी तथा समाजसेवीसँगको संयुक्त सहकार्यमा खाना खुवाउने अभियान सञ्चालन गरिरहेका छन् । दैनिक ज्यालामजदुरी गरेर खानेको समस्यालाई मध्यनजर गरेर विभिन्न दातृ सहयोगमा उनीहरूले महानगरपालिकाको केही वडामा रहेका विपन्न परिवारलाई दैनिक एक छाक भोजन खुवाइरहेका छन् ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले पनि ५ सय केजी चामल दिएर सहयोग गरेको दास बताउँछन् । यस अभियानमार्फत दैनिक सात, आठ सय जनाभन्दा धेरै विपन्न वर्गका मानिसले लाभ पाएका छन् ।

पिपलचोकका अभियानकर्ता दिवस पौडेलका अनुसार उनीहरूले बाटोमा ड्युटी गरिरहेका प्रहरी तथा सशस्त्रलाई पनि दिनहुँ पानी तथा खाजा वितरण गर्ने काम गरिरहेका छन् । हालसम्म उनीहरूले ढाट, वार्ड न १४ स्थित स्वयम्भु चोक र वार्ड न १६ को एक मुसहर वस्तिमा पनि खाना खुवाइरहेका छन् ।

उनीहरूले खाना खुवाउँने क्रममा वार्ड न १४ मा भारतीय नागरिक अलपत्र परेको पाएपछि स्थानिय विपन्नवर्गका साथै अलपत्र परेका भारतयीलाई पनि दिनहुँ एक छाक खाना खुवाउँदै आएका छन् ।

अलपत्र परेका भारतीय नागरिकले चतराधाम जानको लागि भारतको नयाँ दिल्लीबाट आएको बताएका छन् । अलपत्र परेका भारतीयहरूले नेपाल र भारत सरकारलाई आफूहरूलाई भारत फर्काउनको लागि पहल गरिदिन अनुरोध गरेका छन् ।

उनीहरू खान नपाएर भोकले ग्रसित भएको बेला यस अभियानमार्फत बिहानको खाना पाएकोमा अभियानकर्ताप्रति आभार व्यक्त गरे । विराटनगर वार्ड न १४ स्थित अलपत्रमा परेका एक भारतीय नागरिक बन्जराले भारतमा आफ्ना २ जना बच्चाको मृत्यु हुँदा समेत जान नपाएका पीडा सुनाए ।

jackson ribon