काठमाण्डौ , २८ बैसाख । भारतले नेपाली भूमी अतिक्रमण गरेको दलित संघसंगठनहरुले बिरोध गरेका छन ।
पश्चिम नेपालको सिमाना भारतले अतिक्रमण गरेर सडक निर्माण गरेको भन्दै दलित संघसंगठनहरुले बिरोध गरेका हुन ।
पटक पटक नेपाली भूमी अतिक्रमण गर्दै आएको भारतले फेरि पनि नेपाललाई कुनै जानकारी नदिइ एकलौटी धार्मिक मार्ग उद्धाटन गर्न नेपाली सार्वभौमिकता माथिको नाङ्गो हस्तक्षेप भएकोले अतिक्रमित भूमी फिर्ता गर्नु पर्ने दलितहरुको माग छ ।
दलित मुक्ती मोर्चाका अध्यक्ष, डम्बर बहादुर बिश्वकर्मा, समाजवादी दलित मुक्ति महासंघ –अध्यक्ष, खिम बहादुर् बिश्वकर्मा, संयुक्त दलित अधिकार मंचका अध्यक्ष, लक्षमण बर्देवा, लगायत बिभिन्न १० दलित संघसंघठनहरुले घटनाबारे सत्यतथ्य जानकारी सार्वजनिक गर्दै अतिक्रमित भूमी फिर्ता लिन सरकारको ध्यान आकर्षण पनि गराएका छन ।
५।