birat ribon

पाकिस्तानमा खुकुलो गर्दै थपियो लकडाउनको अवधि, ३१ मेसम्म लागू हुने

Neuro
पाकिस्तानमा खुकुलो गर्दै थपियो लकडाउनको अवधि, ३१ मेसम्म लागू हुने

इस्लामावाद, २८ वैशाख । पाकिस्तानमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू हुँदै आएको लकडाउनको अवधि फेरि तीन हप्ताका लागि थप गरिएको छ ।

पाकिस्तान सरकारले ३१ मेसम्मका लागि लकडाउनको अवधि थप गरेको हो ।

cura insider

तर व्यापार व्यवसायलाई सजिलो हुनेगरी केही खुकुलो व्यवस्था पनि गरिएको छ ।

सर्वसाधारणको धेरै भिडभाड नहुने ठाउँका लागि लकडाउनलाई खुकुलो बनाइएको सरकारले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

सूचनाका अनुसार अत्यावश्यक सेवाका पसलहरु हप्तामा पाँच दिन विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खेल्न दिइने भएको छ ।

पाकिस्तानमा कोरोना भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेकाले लकडाउनलाई निरन्तरता दिनुपरेको सरकारी अधिकारीहरूको भनाइ छ ।

उनीहरूका अनुसार देशभरि गरेर अहिलेसम्म २९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै एक हजार ९९१ जना नयाँ बिरामी थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको जानकारी दिएको छ । पाकिस्तानमा अहिलेसम्म कुल मृतकको संख्या ६३९ पुगेको छ ।

कोरोनाभाइरसका कारण विरामी भएका मध्ये आठ हजार २३ जनालाई भने निको भइसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।

jackson ribon