birat ribon

बार्सिलोनासँग जोडिएका औबामेयाङलाई रियलले अनुबन्ध गर्ने

Neuro
बार्सिलोनासँग जोडिएका औबामेयाङलाई रियलले अनुबन्ध गर्ने

एजेन्सी, २८ वैशाख । स्पेनिस क्लब रियल मड्रिडले आर्सनलका स्टार पेइर्रे–इमरिक औबामेयाङ अनुबन्ध गर्ने योजना बनाएको छ ।

‘द मिर्रर’को एक रिपोर्टअनुसार गाबोनका स्टार औबामेयाङको विषयलाई लिएर आर्सनलसँग छलफल गरेको छ ।

cura insider

खबरका अनुसार रियलले औबामेयङको भविष्यको विषयमा आर्सनललाई १५ जुनसम्ममा नै निर्णय लिन आग्रह गरेको छ ।

३० वर्षीय औबामेयाङलाई ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले पनि नजर लगाएको बताइन्छ ।

उनी केही समयअगाडि मात्र बार्सिलोनासँग जोडिएका थिए । तर, बार्सिलोनालाई उछिन्दै रियलले उनलाई भित्र्याउने योजना बनाएको बताइएको छ ।

औबामेयाङ र आर्सनलबीचको सम्झौता जुन २०२१ मा सकिँदैछ । र, उनले आर्सनलसँग सम्झौता नवीकरण गर्ने मनसाय नबनाएको बताइएको छ । यस्तैमा रियलले उनीमाथि नजर लगाएको हो ।

jackson ribon